रबिन्द्र अधिकारीको स्मृतिमा परिसम्वाद कार्यक्रम
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | २१:०७:०० मा प्रकाशित

पाेखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र प्रसाद अधिकारीको स्मृतिमा विद्यार्थी राजनिती, विकास र रबिन्द्र अधिकारी विषयक परिसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
अधिकारीको नाममा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको स्मृति दिवस त्रिदिवसीय कार्यक्रम अन्तर्गत मनाउने क्रममा तेश्रो तथा अन्तिम दिन सोमबार उक्त परिसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अधिकारीको बारेमा चर्चा गर्दै प्रमुख अतिथी प्रदेश एकका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले रबिन्द्रले विकासमा अघि सारेका योजना अविष्मरणीय भएको भन्दै उनको योजना सबैको प्रतिबद्धता हुनुपर्ने भन्दै यसमा कटिबद्धताका साथ लाग्नु पर्ने बताए ।
प्राध्यापक डा. भरतराज पहारीले अधिकारी परिवर्तनका एक सफल संवाहक भएको उल्लेख गरे ।
पहारीले रबिन्द्र बहुआयामिक ब्यक्ति भएको भन्दै राजनीतिलाइ समाज विकासका अनेकन आयामहरुसँग जोड्ने कुशल ब्यक्ति भएको बताए ।
रबिन्द्रका सहकर्मी राजनितिक विष्लेषक झलक सुवेदीले रबिन्द्रसँग सबैलाइ समेट्न सक्ने खुबी भएकै कारण सबैको प्रिय भएको भन्दै नवीन विचार र ठोस कार्ययोजना लक्ष्यसहित लागि पर्ने ब्यक्तिको रुपमा चित्रण गरे । उनले विद्यार्थीकाल देखि नै मिहिनेती र कर्मशील भएकै कारण सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवम् स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, महासचिव धनराज आचार्य, प्रतिष्ठानका सदस्य रश्मि आचार्य, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, सोही क्याम्पसका प्रमुख सरोज कोइराला लगायतका वक्ताहरुले रबिन्द्र अधिकारीले विद्यार्थी राजनीति र विकास लगायतका विविध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।
यसअघि फागुन १४ गते रबिन्द्र अधिकारी र मिडिया विषयमा अन्तरक्रिया कार्यक्रम, फागुन १५ गते सहीद स्मृति पार्कमा स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन रबिन्द्र स्मृती दिवस समारोह सम्पन्न भएको सो प्रतिष्ठानले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस