अर्थतन्त्र

आइतबार १४ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजारमा कारोबार भएकोमा आज तोलामा १४ सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ। 

आज चाँदीको मूल्यमा पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३३५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२९५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   
 

गाउँ सहर संवाददाता