रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा रक्तदान सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | ०८:१७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेकाे छ ।
शनिवार समितिले काठमाडाैंकाे म्याकडोनाल्ड क्याफे मध्येबानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।
साे अवसरमा रामेछापबाट विभिन्न पेशा-व्यवसाय गरेर राजधानीमा बस्दै आएका ५५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठका जानकारी दिए ।
“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो- रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उत्साजनक सहभागी भएकाे श्रेष्ठले उल्लेख गरे । रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोगमा रक्तदान गरिएकाे हाे ।
रक्तदानमा सहभागीहरूलाई प्रमाणपत्र पनि प्रदान गरेका थियाे ।
कांग्रेस समर्थक सम्पर्क समितिले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकाे छ । यसअघि सम्पर्क समितिले जिल्लाका स्थानीय निकायहरूमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस