एमाले पुरानै अडानमा, कांग्रेस मनाउने प्रयासमा, आज पुनः छलफल हुने
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | ०७:५३:०० मा प्रकाशित
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पुन: छलफल हुने भएको छ । शुक्रबार अबेरसम्म छलफल गरेका नउनीहरूबीच आज पुन: छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारि दिए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ ।
यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।
बालकोटस्थित ओली निवासमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका थिए ।
एमालेले सम्झौता संसद्बाट अनुमोदन गराउनका लागि संसदीय प्रक्रियामा सहभागी हुन सकिने अडान राखेको छ । आफूहरुले कारबाही गरेका १४ सांसद्लाई कारबाही गरिएको सूचना टाँस वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने सर्त एमालेले अगाडि सारेको हो ।
सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री देउवा तथा एमाले अध्यक्ष ओलीसहित सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका नेताहरुबीच बिहीबार र शुक्रबार छलफल भएको हो। तर, छलफलमा एमालेले पुरानै अडान दोहोर्याएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस