युक्रेनमा संकटकाल घोषणा, स्थानीय बासिन्दाले छाड्न थाले राजधानी
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १२:४७:०० मा प्रकाशित
काठमाडाैं । युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार सङ्कटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि सङ्कटकालको घोषणा गरेको हो । यो सङ्कटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।
बुधबारको संसद् बैठकले सो सङ्कटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदमध्ये ३३५ जनाले सरकारले ल्याएको सङ्कटकालको पक्षमा मतदान गरेका थिए ।पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा युक्रेन सङ्कटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका छन् । पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । अमेरिका लगायतका केही पश्चिमा देशले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन् ।
किएभका बासिन्दाले राजधानी छोड्न थाले ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस