राजनीति

एमसिसीका पक्षमा उभिने लोसपाकाे निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा उभिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिइन् । 

लोसपाका १३ सांसद छन् । सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

संसद्को सम्भावित कार्यसूचीमा पनि एमसीसीको विषय राखिएको छ ।

गाउँ सहर संवाददाता