अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | १७:१९:०० मा प्रकाशित

काठमाडाैं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।
नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको हो ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् ।
ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए । काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले' गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो । गर्भवती छौँ र' भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो ।
नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो । सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस