अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | १७:१९:०० मा प्रकाशित
काठमाडाैं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।
नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको हो ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् ।
ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए । काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले' गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो । गर्भवती छौँ र' भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो ।
नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो । सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस