एकीकृत समाजवादीको निर्णय : एमसीसीको विपक्षमा मतदान
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १७:१०:०० मा प्रकाशित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
“संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । एमसिसीमा हाम्रो अडान यथावत् छ। हिजो सरकारले संसदमा पेश गरेको एमसिसीको विपक्षमा मतदान गर्ने र वातावरण तय गर्न पहल गर्ने निर्णय गरेका छौँ’ उनले भने ।
एमसिसी पास गर्ने शर्तमा सरकारमा नगएको उनले प्रष्ट पारे।
प्रवक्ता खतिवडाले भने, ‘सरकारभन्दा देश ठुलो हो। हामी राष्ट्रियताको पक्षमा उभिन्छौँ। सरकारमा बस्ने र बाहिर जाने कुरा परिस्थितीले तय गर्छ।’
उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस