नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना काेराेना संक्रमित थपिए, १२०५ जना कोरोनामुक्त
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १६:१६:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना नयाँ संक्रमित थपिएका छन् । वितेकाे २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७ जना र एन्टिजन परिक्षण गर्दा १४१ जना गरि जम्मा ३८८ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १२०५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या चार रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२५ रहेको छ ।
गत २४ घण्टामा ८ हजार १४० जनाले कोरोना परिक्षण गरेका थिए भने आठ लाख ७३ हजार ४३८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ८२ जना रहकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस