रेड पाण्डाको दुई थान छालासहित एक युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:३८:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले दुईवटा रेड पाण्डाको छालासहित एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले दुईवटा रेड पाण्डाको छालासहित एक जना युवकलाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका २६ वर्षीय नवराज केसीलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
ललितपुरको एकान्तकुनाबाट पछ्याएर आरोपीलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरीले उनको साथबाट दुईवटा रेड पाण्डाको छाला बरामद गरेकाे छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोमा केही दिनअघि मात्र डिएसपी मदन केसीले कमाण्ड सम्हालेका थिए ।
रेड पाण्डासहित पक्राउ परेका युवकलाई कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस