नेपाल राष्ट्र बैंकद्वारा ८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीमा
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १२:३६:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको हाे । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएकाे छ ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने बैंकले जानकारी दिएकाे छ ।
बैंककाअनुसार ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । ९१ दिनको ट्रेजरी बिल फागुन १० गतेबाट शुरु भएर आगामी जेठ १० गते परिपक्व हुनेछ भने १८२ दिनको बिल फागुन १० गते शुरु भएर आगामी वर्ष भदौ ७ गते परिपक्व हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस