काठमाडाैं । सुनको मूल्य सोमबार चार सय रुपैयाँले घटेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुन साेमबार प्रति प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
हिजाे सुन तोलामा एक सय रुपैयाँ वृद्धि भएको भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आइतबार एक हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।
महासंघका अनुसार एक हप्ता अघि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस