गण्डकी वहुप्राविधिक शिक्षालयको आफ्नै भवन बन्ने
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | २३:०३:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै संघीय सांसद खगराज अधिकारीले प्राविधिक शिक्षा हासिल गरेका जनशक्ति विश्वको जुनसुकै मुलुकमा पुगे पनि खपत हुने बताए । उनले गुणस्तरिय शिक्षामा जोड दिन गण्डकी वहुप्राविधिक शिक्षालयलाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले तोकिएकै समयमा निर्माण कार्य सक्ने कन्टयाक्टरलाई आग्रह गरे । सांसद कोइरालाले नतिजा र व्यवहारिक शिक्षाबाट नै मुलुकको समृद्धिमा सहयोग पुग्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि ले भवन शिलन्यासले महानगरपालिकाले प्राविधिक शिक्षामा दिएको जोडको एउटा सपना साकार हुने बताए । उनले प्राविधिक शिक्षालयबाट स्थानीय वासिन्दा सवैभन्दा बढी लाभान्वीत हुने उल्लेख गर्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।
११ करोड ४२ लाख रुपैयाको लागतमा बन्ने तीन तले भवन २०७९ सालको फागुन भित्र सम्पन्न हुने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस