बुधबार अधिकांश नेप्से सूचकांकमा उच्च गिरावट, काराेबार रकम पनि घट्याे
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | १५:३६:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजारमा साता कारोबारको चौथो दिन बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो ।
आज नेप्से घटेसँगै कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको नेप्सेले जनाएकाे छ ।
यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार अधिकांश नेप्से उपसूचकांकहरुमा उच्च गिरावट देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस