बानेश्वरस्थित संसद् भवनमा काँग्रेस संसदीय दलकाे बैठक सुरु
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १०:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो । भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारीका बीच काँग्रेसले संसदीय दलकाे बैठकमा छलफल थालेकाे छ ।
मंगलबारकाे बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोगको प्रस्तावबारे समीक्षा र आगामी रणनीतिमा छलफल भइरहेकाे छ ।
यसका साथै बैठकमा पछिल्ला राजनीतिक घटनाबारे छलफल हुने दलकी सचेतक पुष्पा भुषालले जानकारी दिएकी छन् ।
गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस