स्वास्थ्य

उपत्यकामा २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । उपत्यकामा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १८१, भक्तपुरमा १५ र ललितपुरमा ३० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४७ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

सोमबार २३१९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर २० हजार ७३९जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे २४ घण्टामा ६ हजार २७९ पीसीआर तथा २ हजार ४१७ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता