कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दाेस्राे दिन आज पनि बस्दै
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | ०७:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो । बैठक िदउँसाे २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहको छ ।
बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ ।
हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस