संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १२:०५:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको पनि बताएका हुन् ।
स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको भन्दै निर्वाचन टार्ने गरी भएका अनेकन बहस पनि अब सकिएको उल्लेख गरेका छन् । संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नहुनेमा उनले जोड दिएका छन् ।
उनले लेखेका छन् “वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,” । “सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस