साहित्यकार गोविन्द नेपाल (जी नेपाल) को ‘मुक्तक मन्थन’ लोकार्पण
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १६:१९:०० मा प्रकाशित

काठमाडौँ । साहित्यकार गोविन्द नेपाल (जी नेपाल) को ‘मुक्तक मन्थन’ कृति आइतबार लोकार्पण गरिएकाे छ ।
लोकार्पण कार्यक्रममा साहित्यकार मधुसूदन पाण्डेय, विनोद दाहाल वत्स, नारायण नेपाल, बाल साहित्यकार माधव नेपाललगायत साहित्यकारहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उनका आफन्तलगायत साहित्यकारको उपस्थिति थियो ।
कार्यक्रममा लेखक तथा साहित्यकार मधुसूदन पाण्डेयले मुक्तककार नेपालको यस कृतिको प्रशंसा गर्दै उनलाई शुभकामना दिएका थिए । यसैगरी अर्का अथिति साहित्यकार तथा पत्रकार विनोद दाहाल वत्सले मुक्तकका सैद्धान्तिक कुराहरू बताउँदै मुक्तककार नेपालको कृतिको सफललताको कामना गरे ।
कार्यक्रममा साहित्यकार नारायण नेपालले मुक्तककारको मुक्तकशिल्पको चर्चा गर्दै उनलाई आगामी दिनमा यस्ता मुक्तक सिर्जना गर्न प्रेरणा प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गरे । मुक्तककार गोविन्द नेपालले आफूले यस कृतिको सिर्जना गर्दाका अनुभवहरू बताएका थिए भने उक्त कार्यक्रममा उनका केही मुक्तकहरू वाचन गरिएका थिए ।
उक्त पुस्तक लोकार्पण कार्यक्रममा इन्जिनियर नरहरि नेपाल, सुनिता गौतम, लक्ष्मी नेपाल अधिकारी, शुषमा कुइँकेल, प्रमिला भट्टराई, प्रतिमा भट्टराई, अपरा नेपाल खतिवडा, बालकथाकार अस्मिना नेपाल लगायतको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस