शुक्रबारदेखि आन्तरिक उडानको भाडादर वृद्धि
- गाउँ सहर संवाददाता
- २१ माघ शुक्रबार, २०७८ | ११:४७:०० मा प्रकाशित

काठमाडाैं । आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएकाे छ । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको हाे ।
हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिएका छन् । यसपटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको छ ।
वृद्धिभएसँगै भाडादर काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ भने सबैभन्दा कम काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको संघले जनाएको छ ।
काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले भाडादर वृद्धि भएको छ ।
हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस