अर्थतन्त्र

ताेलामा कति बढ्याे सुनकाे मूल्य ?

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज प्रतितोला १०० रुपैयाँले बढेको हाे । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि त्यही मूल्य  निर्धारण भएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता