स्थानीय निर्वाचन जेठमा गर्ने सत्ता गठबन्धनमा सहमति
- गाउँ सहर संवाददाता
- १५ माघ शनिबार, २०७८ | १८:४२:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ दलहरुबीच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
'उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ । संविधानअनुसार कानुनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ,' बैठकपछि कार्कीले भने ।
उनले संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको जनाएका छन् ।
यसअघि गठबन्धनले असोजपछिमात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार विहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
निर्वाचन आयोगले यसअघि नै बैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विहीबार देउवासँगको भेटमा लिखित रुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबारमात्रै पार्टीका पदाधिकारीहरुसँग छलफलपछि स्थानीय निर्वाचनलाई जेठभित्रै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्था बमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस