गाउँ सहर

निसास्सिएर एक दम्पतीको मृत्यु

काठमाडाैं । निसास्सिएर एक दम्पतीको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर एक दम्पतीको मृत्यु भएको हाे ।

शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएकाे छ । 

उनीहरू आफू बसेको घरको कोठामा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत