खल्तीकाे ५ औं बार्षिकोत्सब सम्पन्न
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | १६:३७:०० मा प्रकाशित

काठमाडाैं । अनलाइन भुक्तानी सेवा प्रदायक ‘’खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘’खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब सम्पन्न गरेकाे हाे । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।
कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो । ’खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ । तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ’खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको खल्तीले जनाएकाे छ ।
युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतया हुने मार्केटिंग भन्दा भिन्न रहेकाे खल्तीले जानकारी दिएकाे छ । आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको खल्तीले बताएकाे छ ।
साथै आफ्नो जन्मदिन भन्दा एक दिन अगाडी ट्विटरमा जन्मदिनको रिमाइन्डर राखी ट्विटरमा हलचल ल्याउन सफल भएकाे खल्तीले जनाएकाे छ ।
साे ट्विटरमा अरू ब्राणड जस्तै फुडमान्डु पनि रमाइलाे ट्विटरका साथ हाजिर भएकाे खल्तीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस