शेयर बजारमा १०.८३ अंककाे गिरावट, काराेबार रकम भने बढ्याे
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १५:५५:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले गिरावट आएकाे छ । आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको थियो ।
कारोबार रकममा भने बढेको छ । आज ७ अर्ब ३ करोड ५ लाख बराबरको कारोबार भएको छ । बिहिबार ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, वीन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस सामलिङ पावर कम्पनी, शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ भने गोर्खाज फाइनान्स, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ३२ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस