स्वास्थ्य

ॐ चाबहिल डेन्टलकाे शाखा विस्तार, काेटेश्वरबाट पनि सेवा सुरू

काठमाडाैं । ॐ चाबहिल डेन्टलले शाखा विस्तार गरेकाे छ । 

काठमाडाैंकाे चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार काेटेश्वर चाेकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेकाे हाे । 

शनिवार काेटेश्वरमा डेन्टल शाखाकाे उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य राेगहरूकाे तुलनामा दाँत एवम् मुखकाे राेगलाई गम्भीर रूपमा नलिने हाम्राे प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यकाे रूपमा नलिई विलासिता उपचारकाे रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका राेगहरूबाट मानिसकाे तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ राेगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतकाे परीक्षण गराइरहनुपर्ने बताए । 

शुभकामना व्यक्त गर्दै डा. बुढाथाेकीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने राेगप्रति सचेतता देखिएकाेले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखकाे उपचार गर्ने अस्पतालहरूकाे विस्तार भइरहकाे उल्लेख गरे । दाँतकाे उपचारमा निजी क्षेत्रकाे उल्लेख्य भूमिका रहेकाे औल्याउँदै ॐ चाबहिल डेन्टलले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नाे सेवा विस्तार गर्न आग्रह गरे । 

डा. बुढाथाेकीले भने- 'दाँत र मुखमा लाग्ने राेगले लगातार दु:ख दिने समस्याकाे रूपमा नभइ बीच बीचमा मात्रै बल्झने प्रकृितका हुन्छन् । त्यसैले अशिक्षा, गरिबी र जनचेतनाकाे अभावका कारणले बिरामीहरू अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल धाउनाले राेगले जटिलता निम्त्याइसकेकाे हुन्छ । साे अवस्थामा राेग निकाे हुन लामाे समय लाग्ने, कठीन प्रक्रिया अपनाउनुपर्ने भएकाले दाँतकाे उपचार महँगाे लागिरहकाे जस्ताे लाग्छ । दाँत दुख्नु गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन, दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ । त्यसैले प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ । स्वास्थ्य सचेतना फैलाउन ॐ चाबहिल डेन्टलकाे पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने मेराे विश्वास छ । अस्पतालले सेवा र सचेतनासँगसँगै लैजाओस् मेराे शुभकामना ।' 

चाबहिल चाेकमा गुणस्तरीय सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले सेवाग्राहीकै अनुराेधमा काेटेश्वरमा शाखा खाेलिएकाे सञ्चालक तथा अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए । 'यस क्षेत्रमा दशकभन्दा लामाे अनुभव र सेवाग्राहीसँगकाे सामिप्यता, मायाले काेटेश्वरमा पनि शाखा विस्तार गरिएकाे हाे । नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूकाे सहकार्य गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छाैं । जुन काम हामीहरू चाबहिलबाट पनि गरिनै रहेका छाैं' घिमिरेले भने । 

प्रबन्धक निर्देशक अनिल शर्माले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा ॐ चाबहिल डेन्टलले दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको बताए ।

शर्माले रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अतिनै उत्तम हुने बताउँदै दाँतको समस्याको कारण दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन तथा स्वस्थ दाँत, स्वच्छ स्वस्थ रहनकाे लागि बेला बेलामा परीक्षण नै उत्तम उपाय भएकाे उल्लेख गरे । 

सेवा प्रारम्भ भएदेखि ॐ चाबहिल डेन्टलले काेटेश्वर शाखाले एक महिना अर्थात माघ महिनाभरी दाँत तथा अनुहारकाे निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटकाे व्यवस्था गरिएकाे निर्देशक शर्माले जानकारी दिए । 

शर्माले भने- 'चाबहिल जस्तै काेटेश्वर शाखा पनि काेटेश्वर चाेककाे प्रहरी चाैकीसँगै भएकाले सबैतिरबाट बिरामीलाई आउन जान यातायातकाे सहज सुविधा र उपचारकाे लागि पनि दाँतसम्बन्धि सम्पूर्ण सेवा एकै ठाउँमा पाइने भएकाले चाबहिलमा जस्तै यहाँ पनि सेवाग्राहीकाे सेवा गर्न माैका मिल्ने विश्वास छ ।'  

दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटकाे पनि व्यवस्था गरेकाे शर्माले बताए ।

डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने गरेकाे छ । साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सक्नेछन् । 

थप जानकारी तलकाे भिडियाेमा हेर्नुहाेस्

 

गाउँ सहर संवाददाता

तपाईँको मत