गाउँ सहर

चन्द्रागिरिमा हिउँ पर्न थाल्याे

काठमाडाैं । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पर्न थालेको छ । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पर्न थालेको हाे । बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरि डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरि हिल्स प्रा.लि.ले जानकारी दिएकाे छ ।

गत पुसमा पनि चन्द्रागिरि डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

गाउँ सहर संवाददाता