पाँच दलीय समन्वय समितिको बैठक स्थगित
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १३:२५:०० मा प्रकाशित

काठमाडौं । आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।
स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको हाे ।
प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले संयन्त्रको बैठक स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि मंगलबार बसेको बैठकमा सत्तारुढमध्ये माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
तर यसबारेमा कांग्रेस र जनता समाजवादी पार्टीको ठोस धारणा आइसकेको छैन । निर्वाचन लगायतका अन्य विषयको आवश्यक तयारी गरेर मात्रै बैठक फेरि बस्ने बताइएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी सिफारिस गरिसकेको छ ।
सत्ता गठबन्धन दलहरूबीच निर्वाचन मितिबारे सहमति जुट्न सकेको छैन । निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राखिरहेका छन् ।
गठबन्धनभित्र स्थानीय निर्वाचन पहिले या संघीय निर्वाचन पहिले भन्ने विवाद छ ।
यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस