काठमाडौं । काेराेना संक्रमण तीब्र रूपमा बढेसँगै काठमाडाैंमा संक्रमण दर उच्च विन्दुले बढेकाे छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा एक हजार १९ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ । यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले बुधबार जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस