गाउँ सहर

ढुङ्गा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानकाे हत्या

काठमाडाैं । श्रीमानकाे हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमानकाे हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको जनाएकाे छ । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छैन ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत