काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने नयाँ आदेश (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | ०८:५८:०० मा प्रकाशित
काठमाडौं– कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्त सम्मलाई रोक लगाएको छन् ।
यस्तै, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी, गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्ने गराउने पनि नयाँ आदेशमा भनिएको छ ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ ।
पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ । मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ ।
लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ । सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस