प्रदेशको नाम र राजधानी टुंगो लगाउन आज निर्वाचन हुँदै
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १०:३२:०० मा प्रकाशित

काठमाडाैं । प्रदेशको नाम र प्रदेश राजधानीबारे दलीय सहमति नजुटेपछि सोमवार निर्वाचन गरिने भएको छ ।
दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउनुपर्ने निष्कर्षसहित आइतबार प्रदेशसभामा प्रतिवेदन पेस गरेको थियो ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रि समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख गरिएकाे छ ।
प्रदेशको नाम र राजधानीमा दलीय सहमतिका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिनमा विभिन्न पार्टीका सासदहरुसँग छलफल संवाद गरे पनि दलहरुबीच सहमति हुन सकेको छैन ।
प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेश सभालाई अनुरोध गरिएको छ ।
गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउन भनिएको छ । मतदान प्रक्रिया प्रदेश सभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ ।
विशेष समितिले नाम र राजधानीका लागि आएका विभिन्न प्रस्तावहरुमा सहमति जुटाउने प्रयास गरिएको थियो । समितिका अनुसार नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको छ ।
समितिले स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्ताव ३ वटा प्रस्तावमा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।
वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।
आइतबारदेखि सभामा सुरु भएको प्रदेश नाम र राजधानीको विषयको बहस सोमबार बिहान ११ बजेको बैठकमा पनि जारी रहने सभामुख यादवले जनाए । सोमबार पनि समहमतिको वातावरण नबने सोमबारदेखि निर्वाचन प्रक्रियाको तयारी हुने प्रदेश सभा सचिवालयले जानकारी दिएकाे छ ।
यसैबीच, प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।
छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।
प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पु¥याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस