काेभिड १९ का कारण ‘ए’ डिभिजन लिग प्रभावित
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १५:५१:०० मा प्रकाशित

काठमाडाैं । केही दिनयता तीब्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण खेलाडीहरुमा पनि भेटिएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिता प्रभावित भएको छ ।
नेपाल पुलिस क्लबविरुद्ध आइतबार खेल्न तयार भएको च्यासल युथ क्लवका १९ जना खेलाडीमा कोरोना देखिएको छ ।
च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि आइतबार अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।
यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।
पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं स्थानमा छ । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस