स्वास्थ्य

यी हुन् पाँच सयभन्दा बढि संक्रमित भएका जिल्ला

  • ३० पौष शुक्रबार, २०७८ | १६:५६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ५ रहेको छ ।

तपाईँको मत