राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभाबाट पारित भयाे ३३ प्रतिशत लाभांश
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | २१:०१:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो । लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभा अध्यक्षता गरेका बैंक सञ्चालक समिति अध्यक्ष डा.बलराम पाठकले कोभिड–१९ पछि अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।
उनले बदलिँदो परिवेश र ग्राहकको चाहना अनुरूप बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरू प्रदान गर्नेगरी सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्ध रहिरहने उल्लेख गरे ।
साधारण सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।
अध्यक्ष डा. पाठकद्वारा प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरू डमरुवल्लभ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्दै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । वाणिज्य बैंकले ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस