काराेबार रकम घटेपनि नेप्सेमा ५४ अंककाे बृद्धि
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १५:१६:०० मा प्रकाशित

काठमाडौं । साताकाे अन्तिम दिन शेयर काराेबार रकम घटेपनि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने बढेकाे छ ।
आज बिहीबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एचआईडिसीएलको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस