जमुनाहा नाकामा थप २७ जनामा कोरोना संक्रमण
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १३:२१:०० मा प्रकाशित
काठमाडाैं । भारतबाट नेपाल भित्रिने नेपालीहरूमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना देखिन थालेको छ । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि नेपाल फर्किने नेपालीहरूको सङ्ख्या बढिरहेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार जमुनाहा नाकामा हिजो शङ्कास्पद ३२८ जनाको कोभिड परिक्षण गर्दा १९ जना पुरुष र ८ जना महिलासहित २७ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि नाकामा चेकजाँचका क्रममा सङ्क्रमितको सङ्ख्या शून्य हुने गरेकोमा पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना, पुस २५ गते ३९ जना, पुस २६ गते ३७ जना र पुस २७ गते ३७ जनामा संक्रमण देखिएको हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस