स्वास्थ्य

नेपालमा काेराेना :एकै दिन थपिए ३ हजार ७५ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बितेकाे २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ पुगेको छ ।

यस्तै बुधबार २७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ९ हजार ५१ पीसीआर तथा ३ हजार ९८५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता