अर्थतन्त्र

चार सयले बढ्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे ?

काठमाडाैं । बुधबार सुनकाे मूल्नेय बढेकाे छ । मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।  

आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता