अमेरिकाकी सृजनाको नेपालमा मनकारी कार्य, सदगमय बृद्ध कुटी सञ्चालनमा
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | ०९:५३:०० मा प्रकाशित

काठमाडाैं । असहाय बृद्ध बृद्धालाई सहारा दिने र उनीहरूको पालन पोषण गर्ने उद्देश्यले काठमाडाैंको बौद्ध, नयाँ बस्तीमा सदगमय बृद्ध कुटी सञ्चालनमा आएको छ ।
कुटीको सोमबार एक कार्यक्रमबीच सञ्चालक सृजना उप्रेती र उनको परिवारले शुभारम्भ गरेका हुन् ।
सञ्चालक उप्रेतीले नेपालमा रहेकी आफ्नी आमा शिवमाया उप्रेती र पिता रामप्रसाद उप्रेतीको नाममा यो कुटी सञ्चालनमा ल्याएकी हुन् ।
लामो समयदेखी अमेरिकामा बस्दै आएकी उप्रेती अमेरिकामा पनि सामाजिक अभियन्ता र समाजसेबीका रूपमा चिनिन्छिन् । कुटीमा कोही नभएका बृद्धहरूलाई निःशुल्क खान, बस्न र औषधी उपचार गरिने बताइएकाे छ ।
आफ्नी छोरीको यस्तो मनकारी कार्यको प्रशंसा गर्दै उप्रेतीकी पिता रामप्रसाद उप्रेतीले छोरीको धर्म लाग्ने यस्तो कार्यबाट अरूले पनि सिक्नुपर्ने बताए ।
कुटीको संरक्षण र आगामी यात्राका लागि ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको पनि साथ रहने उल्लेख गरिएकाे छ । शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा सामाजिक कृयाकलाप र समाजसेबामा पनि आफ्नो उपस्थिति जनाउदै आएकाे ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका सिड्नी डाइरेक्टर सुनिल उप्रेतीले बताए ।
बृद्ध कुटी सञ्चालनबाट मनमा शान्ति र असहायहरूबाट आशीष पाइने मनकारी कार्यको नवराज प्रसाईँले प्रशंसा गरे ।
कुटीको आफ्ना आमा बुबाको नाममा उप्रेती परिवार शरद उप्रेती, सृजना उप्रेती, अन्जना उप्रेती, दिब्यानी खरेल उप्रेती र सुनिल उप्रेतीले रेखदेख र संरक्षण गर्ने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस