गाउँ सहर

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मङ्गलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेकाे गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । रिपोर्ट आज आएको हो’, गौतमले भने, ‘अहिले उनी होम आइसोलेसनमा छन् ।’

 

गाउँ सहर संवाददाता