भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित दुई जना घाइते
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १०:५९:०० मा प्रकाशित

काठमाडाैं । तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । दुर्घटनामा चालकसहित २ जना घाइते भएका छन् ।
प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस