कार्कीसहित यी हुन् रामेछाप एमाले खुला सदस्यमा निर्वाचित १३ सदस्य
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | ०७:१९:०० मा प्रकाशित

रामेछाप । निर्माण व्यवसायी दिपेन्द्रकुमार कार्की नेकपा (एमाले) रामेछापकाे आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको सल्लाहकार र बागमती प्रदेश निर्माण व्यवसायी संघको सदस्यसमेत रहेका कार्की पुरुष खुलातर्फ सदस्यमा निर्वाचित भएका हुन् ।
व्यवसायसँग सामाजिक सेवामा पनि देखिने कार्की राजनीतिमा पनि सक्रिय छन् ।
खुला सदस्यमा १३ जना सदस्य निर्वाचित हुने व्यवस्था अनुसार कार्कीसहित उज्वल सुवेदी, रत्नप्रसाद कँडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, शेरबहादुर तामाङ, विनोद फुयाँल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेती निर्वाचित भएका छन् ।
अधिवेशनले आनन्द श्रेष्ठलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएकाे छ । उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्वयमा प्रकाशकुमार कार्की र होतराज ढकालसहित ९० जनाको जिल्ला कमिटि चयन भएकाे हाे ।
अध्यक्ष र खुल्ला महिला सदस्यहरु सर्वसम्मत चयन हुँदा खुल्ला र भूगोलतर्फका पुरुषहरु भने निर्वाचनमार्फत चुनिएका हुन् । निर्वाचन समितिले निर्वाचित भएकाहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिसकेको छ ।
अधिवेशन पौष २३ बाट सुरु भएर २६ गते सम्पन्न भएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस