काठमाडाैं उपत्यकामै थपिए ८७६ संक्रमित, दुई जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १७:०७:०० मा प्रकाशित

काठमाडाैं । दिनहुँ बढिरहेकाे काेराेना संक्रमितमध्ये आधाभन्दा बढि काठमाडाैं उपत्यकाका तीन जिल्लामै छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे तथ्याँक अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८७६ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।
आज देशभर होम आइसोलेसनमा ७ हजार २४५ जना र जना संस्थागत आइसोलेसनम ६१० जना रहेका छन् । तीमध्ये ६७ जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।
पछिल्लाे २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस