प्रतिनिधि सभा

सरेकाे सरेकै प्रतिनिधिसभाको बैठक, अब माघ ३ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुस २८ गते नहुने भएकाे छ । 

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) प्रकाशन गरेकाे सूचनाअनुसार पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि सारिएकाे छ । 

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो । त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।

गाउँ सहर संवाददाता