काठमाडाैं । राष्ट्रिय सभाको बैठक सरेको छ । पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको हाे । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिएका छन् ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ ।
यस अघिसमेत पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको थियो । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी गराएका थिए ।
यसअघि पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक फेरि सरेर माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस