लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीको सम्मान
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:४०:०० मा प्रकाशित

लेखनाथ । हाम्रो सहकारी राम्रो सहकारी सरल र सहज वित्तीय सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ पोखरा २७ तालचोकमा रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका विच विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सहकारीको वार्षिक कार्यक्रम अन्तरगत शनिवार राखिएको कारोवार लाभांस वितरण सम्मान तथा पुरस्कार वितरण समारोहमा विभिन्न विधामा ब्यत्तित्वहरुलाई सम्मान गरिएको हो ।
संस्थाले अगाडि सारेको प्रविधिमैत्री कृषि प्रणालीमा सहयोग पु¥याउने उत्कृष्ट १९जना कृषक,७५ वर्ष माथिका जेष्ठ सदस्य २५ जना,सक्रिय उप समिति,सेयर सदस्यका छोरा छोरीहरु मध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी र सक्रिय सेयर सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिष्टार उदयबहादुर पराजुलीले सहकारीलाई कसरी जिवन्त र सस्थागत हितका लागिका लागिका लागि काम गर्न सकिन्छ भन्ने वारेमा सामुहिक चिन्तन हुनु पर्नेमा जोड दिएका थिए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधान मन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख अजय अधिकारी, सहकारी म्यानेजर क्लव कास्कीका अध्यक्ष अपिल कोईराला,पोखरा महानगरपालिकाका कानुनि सल्लाहकार राममणि अधिकारी,सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने,शिक्षा उप समितिकी संयोजक लक्ष्मी वास्तोला,उत्कृष्ट कृषकहरुको तर्फबाट दयाराम तिवारी,सम्मानित ब्यक्तिहरुको तर्फबाट बुद्धि प्रसाद वास्तोला लगाएतले सहकारीले अवलम्व गर्नु पर्ने विषयका बारेमा जानकारी गराएका थिए ।
सस्थाका ब्यवस्थापक शंकर पौडेलले सहकारीको वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएको कार्यक्रमको संचालन सचिव कृष्ण तिवारीले गरेका थिए भने स्वागत मन्तव्य सल्लाहकार बावुराम गिरीले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस