आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:१३:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।
यही पुस २० गते उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । पुस २० गते १९ राष्ट्रियसभा सदस्य पदका लागि ४३ जनाले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन कार्यक्रमअनुसार पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ र २३ गते मनोनयन र उजुरी जाँचबुझ तथा नामावली प्रकाशन र पुस २४ गते शनिवार उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएकाे थियो ।
आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत प्रदान गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
आगामी माघ १२ गते प्र्रदेशसभा सदस्य तथा महानगर, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नेछन् । निर्वाचनमा २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको माघ २० गतेदेखि पदावधि समाप्त हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस