प्रदेशअनुसार आजको मौसम : वर्षाको सम्भावना, हुम्लामा वर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | ०७:४१:०० मा प्रकाशित
.jpg)
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
हुम्लामा वर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल
शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस