काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । हालसम्म देशभर ११ हजार ६०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा थप ४८१ जनालाई कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जना संक्रमित थपिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस